काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग युगान्डामा भेट हुँदा नेपालको गठबन्धन सरकारमा रहेका दलबिच आपसी समस्या रहेको कुरा माघ महिनामै आफूले थाहा पाएको भारतीय विदेश मन्त्री एस जयशंकरले बताएका छन् ।
विदेश मन्त्री जयशंकरले नेपालमा गठित नयाँ सरकारसँग भारतले मिलेर काम गर्ने प्रतिबद्धता जनाएको बताउँदै भारत छिमेकी मुलुकसँग प्रायः हरेक दिन जसो सम्पर्कमा रहने गरेको र राजदूतहरूले पनि परिस्थितिलाई नियाल्ने गरेको बताएका छन् ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले २०२१ सेप्टेम्बरमा पार्टी स्ट्यान्डिङ कमिटी बैठकमा जयशंकरले आफू र अन्य पार्टीलाई यही संविधान लागू भयो भने राम्रो हुँदैन भनेर चेतावनी दिएको ब्रिफिङ गरेका थिए । आफूले त्यस्तो चेतावनी नदिएको जयशंकरले दाबी गरेका छन् ।