काठमाडौं । सेयर बजार परिसुचक दोहोरो अंकले ओरालो लागेको छ । अघिल्लो दिन १० दशमलव १४ अंकले उकालो लागेको सेयर बजार परिसुचक नेप्से साताको चौंथो कारोबार दिन आज बुधबार भने १० दशमलव ८३ अंकले ओरालो लागेर दुई हजार ३० दशमलव ८६ बिन्दुमा खुम्चिएको छ । क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव १७ अंकले ओरालो लागेर तीन सय ५९ दशमलव ४६ बिन्दुमा खुम्चिएको छ ।
धितोपत्र बजारमा आज तीन सय १० वटा कम्पनीहरुको ४४ हजार दुई सय ४९ पटक सेयर किनबेच भएको छ । जसबाट ६० लाख ४७ हजार २१ कित्ता सेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम दुई अर्ब २३ करोड ५४ लाख ८५ हजार पाँच सय ३४ रुपैंयाँ कायम भएको छ ।
धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको सेयर कारोबार भएका छन् । जसमध्ये उत्पादनमुलक उपसमुहको सुचक उकालो लागेको छ भने बाँणिज्य बैंक, बिकास बैंक, फाईनान्स, जलबिद्युत, जीवन बीमा, निर्जीवन बीमा लघुवित्त सहितका १२ वटा उपसमुहहरुको सुुचक ओरालो लागेका छन् ।