राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट टिकट लिएर बारा क्षेत्र न २ बाट उम्मेदवार समेत बनेका पूर्व प्रहरी डीआईजि रमेश खरेलले रास्वपा परित्याग गरेका छन् । पछिल्लो समय रास्वपाबाट भागबन्डा नपाएर असन्तृष्ट बनेका खरेलले रबी लामिछानेमाथि बिभिन्न बिषयहरुमा टेलिभिजनबाट हालैको एपिसोडमा उनले स्वार्थको द्वन्द्व उत्पन्न हुने गरी रवि लामिछाने गृहमन्त्री बनेको भन्दै कडा आलोचना गरेका थिए।
खरेलले त्यसपछि रास्वपाले उनीमाथि स्पष्टीकरण सोधेको थियो तर उनले स्पष्ट जवाफ नदिएर पार्टी परित्याग गरेको भन्दै राजिनामा बुझाएका छन् । रास्वपाले उनलाई पार्टीको केन्द्रीय सदस्य बन्ने प्रस्ताव गरेको थियो तर उनले अस्वीकार गरेको बुझीएको छ । उनले टिमबाट आफूले मात्र पाएर नहुने र आफूसँगै भएका केहि नेताहरुले पनि पाउनुपर्ने अडान लिएको तर रास्वपाले त्यसलाई अस्विकार गरिदिएको समाचार स्रोतले बताएको छ । त्यहि पछि खरेल रास्वपाप्रति तिखो टिप्पणी गरिरहेका बुझिएको छ ।