काठमाडौँ । प्रतिकूल मौसमका कारण मुलुकको आन्तरिक र अन्तर्राष्ट्रिय दुवैतर्फको हवाई उडान सामान्य प्रभावित भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता सुवास झाले विमानस्थलका भिजिबिलिटी कमजोर हुदाँ केही अन्तर्राष्ट्रिय उडान प्रभावित भएको बताएका छन् ।
उनका अनुसार एक घण्टा अगाडि एक हजार छ सय मिटरमात्रै भिजिबिलिटी रहेकामा अहिले दुई हजार पाँच सय रहेको छ । एयर चाइनाको जहाज ‘डाइभर्ट’ भएको छ भने अन्य जहाज आकाशमा फन्को लगाउने (होल्ड) भएका छन् । अहिले पनि सिचुवना एयरलाइन्सको जहाज होल्डमा रहेको छ ।
अन्तर्राष्ट्रिय उडानका होल्डमा रहेका जहाज अवतरण हुन थालेको प्रवक्ता झाले बताए । तराई क्षेत्रका विमानस्थलमा भने नियमित उडान भइरहेको छ । आन्तरिकतर्फ पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा उडान भएको छैन ।