काठमाडौँ । राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले आफ्नो पदबाट राजीनामा दिएकी छिन् । उनले विहीबार राष्ट्रियसभाका अध्यक्ष नारायण दाहाललाई राजीनामा बुझाएकी हुन् ।

माओवादीबाट दाहाल अध्यक्ष बनेपनि उपाध्यक्ष अर्यालले पदबाट राजीनामा गरेकी हुन् । सत्ता गठबन्धन दलको सहमति अनुसार राष्ट्रियसभाको अध्यक्ष माओवादी केन्द्रले पाउने र उपाध्यक्ष एमालेले पाउने समझदारी बनेको थियो ।