काठमाडौं, जेठ २६
सगरमाथा इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षमा आर्जन गरेको खुद मुनाफाबाट कुुनै लाभांश वितरण नर्गने भएको छ । कम्पनीले यही जेठ २२ गते बसेको सञ्चालक समितिको दुुई सय ८६औं बैठकले गत आर्थिक वर्षको खुद मुनाफामध्येबाट कुुनै पभन किसिमको लाभांश वितरण नगर्ने घोषणा गरेको हो । कम्पनीले उक्त आर्थिक वर्षमा खुद मुनाफा आर्जन गरेको भए पनि एनएफआरएसमा बाँडफाँडका लागि योग्य रकम ऋणात्मक रहेकोले कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरिएको कम्पनीले जानकारी दिएको छ । हाल चुक्ता पुँजी एक अर्ब १२ लाख २३ हजार रूपैयाँ रहेको कम्पनीले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा १७ करोड ४१ लाख ३० हजार रूपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा कम्पनीको यस्तो नाफा १७ करोड १९ लाख १३ हजार रूपैयाँ रहेको थियो ।