काठमाडौं, जेठ २६ नेपाल इन्स्योरेन्स कम्पनीले वार्षिक साधारणसभा आह्वान गरेको छ । कम्पनीले यही असार पाँच गते ७१औं वार्षिक साधारणसभाको आह्वान गरेको हो । कम्पनीले यही जेठ २३ गते बसेको सञ्चालक समितिले २१औं बैठकले वार्षिक साधारणसभाको निर्णय गरेको जानकारी दिएको छ । कम्पनीले उक्त वार्षिक साधारणसभामार्फत गत आर्थिक वर्षको वित्तीय विवरण सार्वजनिक गर्नेलगायतका प्रस्तावहरू पारित गर्ने तयारी गरेको छ ।