काठमाडौं, जेठ २६ लुुम्बिनी विकास बैंकको खुुद मुनाफा बढेको छ । बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा ४३ करोड ७६ लाख २३ हजार रूपैयाँ खुद मुनाफा कमाएको छ । गत आवको सोही अवधिमा भने बैैंकले ३७ करोड ५४ लाख ३७ हजार रूपैयाँ खुुद मुनाफा कमाएको थियो । हाल चुक्ता पुँजी दुुई अर्ब ७१ करोड ६३ लाख रूपैयाँ रहेको बैंकले चालू आवको तेस्रो त्रैमासिक अवधिमा २४ अर्ब ४१ करोड ७८ लाख ८६ हजार रूपैयाँ निक्षेप संकलन गरी २३ अर्ब ८२ लाख ६७ हजार रूपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा ९० करोड १४ लाख एक हजार रूपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा एक दशमलव ६० प्रतिशत कर्जा निष्क्रिय रहेको छ । बैंकले गत आवको सोही अवधिमा भने २१ अर्ब ४९ करोड ६४ लाख रूपैयाँ निक्षेप संकलन गरी २१ अर्ब १४ करोड ४४ लाख रूपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा ७८ करोड ७८ लाख ५५ हजार रूपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा दुई दशमलव १३ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।