काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले शुक्रबार संवाद यात्राका क्रममा कपिलवस्तुमा आयोजित कार्यक्रममा कांग्रेस पुन: सरकारमा पुग्ने दाबी गरेका छन् ।
एमाले, माओवादी, नयाँ दलसँग निराशाबाट देशलाई बाहिर निकाल्ने चरित्र नभएको बताउदै महामन्त्री थापाले देशलाई सम्हालेर निराशाबाट बाहिर निकाल्न सक्ने कांग्रेस मात्रै भएको दावी गरे । पहिला कांग्रेसभित्रको पनि निराशा चिरे मात्र मुलुकलाई निराशाबाट बाहिर निकाल्न सकिने थापाको भनाइ छ ।
महामन्त्री थापाले पार्टीको महाधिवेशन २०८२ मा हुने भन्दै महाधिवेशनबाट पार्टीको विधानमा केही विषय संशोधन गर्नुपर्ने बताए । महाधिवेशनअघि दुई वर्ष संगठन सुधारका कार्यक्रम गर्नुपर्ने उनको भनाइ छ ।