न्युयोर्क,११४ औँ अन्तर्राष्ट्रिय महिला श्रमिक दिवस २०२४ र हिन्दुहरुको महान् चाड होली शुभकामना आदान प्रदान गरी कविता वाचन गरेर भव्य रुपमा सम्पन्न गरिएको छ ।
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज न्युयोर्क च्याप्टरले आयोजना गरेको उक्त कार्यक्रममा च्याप्टरका महासचिव एवं साहित्यकार नदिया लिबांगले सम्पूर्ण अतिथिहरुलाई आसन ग्रहण रगेका थिए । च्याप्टरका कोषाध्यक्ष तथा गायिका सिर्जना लामाले स्वागत भाषण गन गरेकि थिइन ।
कार्यक्रमको सुरुवातमा प्रमुख अतिथि साहित्यकार कुन्ती थापा र विशेष अतिथि लेखक तथा साहित्यकार केन्द्रीय सदस्य सकुन ज्ञवालीले संयुक्त रुपमा पानसमा बत्ती बाली उद्घाटन गरेकी थिइन । भने उपस्थित कविहरुले आआफ्नो कविता वाचन गर्नु गरेका थिए ।
कविता वाचन गर्नेहरुमा न्युयोर्कका चर्चित कवि आनन्द श्रेष्ठ, ज्योति राई, लक्ष्मी थापा, चमेली परियार, हृदय तुलाधर, अभय ढुंगेल, हजुरी शाह कँडेल, पुष्कर सुभेच्छुक, तुलसी चित्रकार, राजन महर्जन, सीता खरेल, किसनसिंह धामी , ज्योति पौडेल, पुनम काफ्ले, गीता खत्री, संगीता न्यौपाने, पुनम पाण्डे, रस्मी भट्ट, खाम भट्ट, सकुन ज्ञवाली र कुन्ती थापा थिइन् ।
च्याप्टरका अध्यक्ष लक्ष्मी श्रेष्ठको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमको अन्त्यमा अध्यक्षले धन्यवाद ज्ञापन गरेका थिए ।
ज्याक्सन हाइटस्थित नेपाली भान्साघरको सभाहलमा भएको सो कार्यक्रममा साहित्यकार, लेखक, कलाकार, चित्रकार, पत्रकार, साहित्यप्रेमीलगायतको उपस्थिति थियो ।कार्यक्रमको सञ्चालन कवियत्री नदिया लिबांगले साह्रै रोचक तरिकाले गरेका थिए ।