काठमाडौं । लुम्बिनी क्षेत्रको पर्यटन प्रवर्द्धन तथा विकासका लागि गैरआवासीय नेपाली संघ (एनआरएनए) र सो क्षेत्रका चार पालिकाबीच सम्झौता भएको छ ।
संघले लुम्बिनी सांस्कृतिक नगरपालिका, कपिलवस्तु नगरपालिका, रामग्राम नगरपालिका तथा देवदह नगरपालिकाको संयुक्त साझेदारीमा लुम्बिनी क्षेत्रको पर्यटन प्रवर्द्धन गर्न भएको हो । सम्झौतापत्रमा संघका अध्यक्ष डा बद्री केसी, लुम्बिनी सांस्कृतिक नगरपालिकाका प्रमुख सजरुद्दिन मुसलमान, कपिलवस्तु नगरपालिकाका प्रमुख धनपत यादव, रामग्राम नगरपालिकाका प्रमुख सुदिप पौडेल तथा देवदह नगरपालिकाका प्रमुख ध्रुवप्रसाद खरेलले हस्ताक्षर गरेका छन् । यसले बुद्ध धर्मको भावनामार्फत नेपाल र विश्वभर शान्ति र भाइचाराको सिद्धान्त सञ्चार, गर्न पनि मद्दत गर्ने विश्वास लिइएको छ ।
संघका अध्यक्ष डा बद्री केसीले लुम्बिनीलाई अन्तर्राष्ट्रियस्तरमा थप परिचित गराउन एनआरएनएले स्थानीय सरकारसँग मिलेर काम गर्न लागेको बताए । आफहरूले केन्द्र सरकारसँग थुप्रै कामहरू गरेको भन्दै अध्यक्ष डा केसीले स्थानीय सरकारसँग मिलेर अझ धेरै काम गर्नसक्ने बताए ।