काठमाडौं । नेपाल इटाली चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्री (एनआईसीसीआई) ले आफ्नो १० औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । काठमाडौंको होटल बाराहीमा शुक्रबार सो साधारणसभा भएको हो ।
कार्यक्रममा सूचना तथा सञ्चारमन्त्री रेखा शर्माले दुई राष्ट्रबीचको द्विपक्षीय सम्बन्धलाई प्रगाढ बनाउन एनआईसीसीआईले महत्वपूर्ण भूमिका खेल्ने बताइन् । कार्यक्रममा उनले ‘एनआईसीसीआई डाइरेक्टरी’ को अनावरण समेत गरेकी थिइन् । त्यसैगरी कार्यक्रममा विभिन्न व्यक्तिहरूलाई सम्मान समेत गरिएको थियो । कार्यक्रममा बक्ताहरूले नेपाल र इटालीबीच आर्थिक वृद्धि र फलदायी साझेदारीलाई अझ वृद्धि गर्न जोड दिएका थिए । एनआईसीसीआईले द्विपक्षीय सम्बन्धलाई थप बलियो पार्न र दुवै देशको आर्थिक समृद्धिमा सहयोग पु¥याउन नयाँ पहल थाल्ने तयारीमा रहेको जनाएको छ ।