काठमाडौं, जेठ २६ गणपती लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृतको पदमा पुुनः अच्युतराज सापकोटाले निरन्तरता पाएका छन् । संस्थाको यही जेठ २२ गते बसेको सञ्चालक समितिको बैठकले सापकोटालाई पुुनः चार वर्षका लागि प्रमुख कार्यकारीमा नियुक्त गरेको हो । संस्थाका अनुसार प्रमुुख कार्यकारी सापकोटाको कार्यकाल यही असार सात गतेसम्म कायम रहेको थियो । संस्थाले हाल एक सय ३२ वटा स्थानीय तहमा वित्तीय सेवा उपलब्ध गराउँदै आएको छ । संस्थाको हाल सबै क्षेत्रमा गरी ३६ वटा शाखा र एक हजार नौ सय ५३ वटा सेवा केन्द्र मार्फत वित्तीय सेवा उपलब्ध गराउँदै आएको छ । संस्थाले हाल सबै क्षेत्रमा गरी २२ हजार आठ सय ३३ जना सदस्यहरू रहेका छन् । संस्थाले हाल ३१ करोड ८२ लाख रूपैयाँ निक्षेप संकलन गरी एक अर्ब २५ करोड रूपैयाँ ऋण लगानी गरेका छन् ।