काठमाडौं : नवगठित मंगलादेवी फाउण्डेशनले उनीसंगै काम गरेका १२ महिलालाई आइतवार उक कायृक्रम बिच सममानित गरेको छ । नेपाली कांग्रेशका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले उनीहरुलाई दोसल्ला ओडाएर नगद राशी सहित कदर पत्रले सम्मान गरेका हुन् । यसरी सम्मानित हुनेहरमा धनुषाकी लिला कोइराला, भाजपुरकी लक्ष्मी राई, दोलखाकी अञ्जु बस्नेत, काठमाडौकी कृष्ण अमात्य, टोना भण्डारी, सखी रिमाल, सांसद विष्णुदेवी पुडासैनी, दिनहिरा शाक्य रञ्जित, संखुवासभाकी सीता दाहाल, सर्लाहीकी हनि श्रेष्ठ, कास्कीकी सारदा बैद्य र कञ्चनपुरकी शान्ता शर्मा रहेका छन् । गठन भएपछि फाण्उडेशनले गरेको पहिलो कार्यक्रममा फाउण्डेशनकी अध्यक्ष सिर्जना सिंहले सबैको स्वागत गरेकी थिइन भने कार्यक्रमलाई प्रमुख अतिथिको आशनबाट सभापती देउवाले संवोधन गरेको थिए । उक्त कार्यक्रममा कल्याणी रिजाल, भारती सिलवाल गिरी, विष्णुदेवी पुडासैनी, कांग्रेस सहमहामन्त्री डिना उपाध्याय, नेपाल महिला संघकी सभापती उषा राउत मिश्र र कांग्रेस नेता प्रकाशमान सिंहले संबोधन गरेका थिए ।