काठमाडौं । नेपाल र कोरियाबीच अन्तरदेशीय भुक्तानी प्रणाली सञ्चालन गरिने भएको छ । फोनपेले कोरियाको विश्वव्यापी भुक्तानी नेटवर्क प्रदान गर्ने कम्पनी जिएलएन इन्टरनेसनलसँग मिलेर नेपाल र कोरियाबीचको क्रस–बोर्डर क्युआर भुक्तानी प्रदान गर्ने भएको छ ।
सम्झौतामा दुई कम्पनीले नेपाल र कोरियाबीच क्रस–बोर्डर क्युआर कोड भुक्तानी प्रदान गर्न आवश्यक नियामक, प्राविधिक र व्यावसायिक सम्भाव्यतामा काम गरिने लेखिएको छ । योसँगै कोरियाबाट नेपाल आउने पर्यटकहरूले नेपालमा क्युआर भुक्तानी गर्न सक्नेछन् । कोरियाबाट नेपाल आउने जिएलएन प्रयोगकर्ताहरूले हाना १क्यु, केवी वालेट, आईएमबैक, टोस, हाना मनी र जीएलएन एपजस्ता बैंकिङ एप्समार्फत फोनपेको १३ लाख स्टोरहरूमा रियलटाइम पेमेन्ट क्युआर भुक्तानी सेवाहरू प्रयोग गर्न सक्छन् ।