मोरङ । आठ लाख ७४ हजार ५५२ रुपियाँ बराबरको चाँदीको तयारी गरगहनासहित मोरङको बेलबारी नगरपालिका–७ बाहुनीबाट सशस्त्र प्रहरीले एक व्यक्तिलाई नियन्त्रणमा लिएको छ । प्रदेश १–०२–०४९ प ७००२ नम्बरको मोटरसाइकल सवार खत्रीले लुकाई छिपाई लैजादै गरेको अवस्थमा उनलाई प्रहरीले पक्राउ गरेको हो ।
सोही जिल्लाको कानेपोखरी गाउँपलिका–६ बस्ने ३८ वर्षीय विजय खत्रीलाई सशस्त्र प्रहरीले विशेष सूचनाको आधारमा नियन्त्रणमा लिएको हो । खत्रीलाई १७ केजी नौ सय ६० ग्राम चाँदीको तयारी गरगहनासहित सुरक्षा बेस बाहुनीले नियन्त्रणमा लिएको डिएसपी एवम् सह प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।
बरामद मोटरसाइकल तथा चाँदीको गरगहनासहित खत्रीलाई चैत १९ गते सोमबार आवश्यक कारवाहीका लागि विराटनगर भन्सार कार्यालय मोरङमा बुझाइएको सहप्रवक्ता थापाले बताए ।