काठमाडौं । मल्टीपर्पस फाइनान्स र फोनपे नेटवर्कबीच क्रसबोर्डर व्यावसायिक सेवामा सम्झौता भएको छ । फाइनान्सका अनुसार यही चैत १५ गते फाइनान्स र नेटवर्कबीच क्रसबोर्डर सेवा सम्झौता भएको हो ।
फाइनान्स कम्पनीहरूमा आफ्ना सेवाग्राहीहरूलाई यस्तो सेवा प्रदान गर्ने मल्टीपर्पस फाइनान्स पहिलो बनेको छ । सम्झौतामा फाइनान्सको तर्पmबाट नायब महाप्रबन्धक प्रदीपकुमार सिंह र फोनपे नेटवर्कको तर्पmबाट प्रदेश प्रमुख पशुपति मिश्रले क्रसबोर्डर व्यावसायिक भुक्तानीको सम्झौता गरी सेवाको सुरुवात गरिएको हो ।
यो सेवाअन्तर्गत पहिलो चरणमा वित्तीय संस्थामार्फत क्युआर भुक्तानी सेवा लिएका सेवाग्राहीहरूले व्यवसायहरूमा कारोबार गर्दा हाललाई भारतीय युपीआईअन्तर्गतका बीएचआईएम तथा फोनपे एपमार्फत यो सेवा नेपालस्थित मल्टीपर्पस फाइनान्स लिमिटेडका फोन पे क्युआरमा प्रयोग गर्न सकिने कुरा वित्तीय संस्थाका नायब महाप्रबन्धक प्रदीपकुमार सिंहले बताए ।