काठमाडौं,पूर्व पर्यटनमन्त्री जीवनबहादुर शाही सहित ३२ जनालाई अख्तियार दूरुपयोग अनुसन्धान आयोगले प्रतिवादी बनाएर मुद्दा दर्ता गरेको छ । वाइडबडीमा १ अर्ब ४७ करोडको भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर भएको छ ।
अख्तियारले पूर्व पर्यटनमन्त्री जीवनबहादुर शाही, नेपाल वायुसेवा निगमका पूर्व महाप्रबन्धक सुगत कंसाकार, पूर्व पर्यटन सचिव शंकरप्रसाद अधिकारीसहित ३२ जनालाई प्रतिवादी बनाएको छ । अख्तियारले वाइडबडी खरिदमा १ अर्ब ४७ करोड रुपैयाँ भ्रष्टाचार भएको दाबी गरेको छ ।शिशिर ढुङ्गाना, बुद्धिसागर लामिछाने, टेकनाथ आचार्य, निमानुरु शेर्पा, मुक्तिराम पाण्डे, जीवन सिटौला र अच्युतराज पहाडीलाई पनि अख्तियारले प्रतिवादी बनाएको छ ।
शाही कर्णाली कांग्रेस संसदीय दलका नेता समेत रहेका छन् । तत्कालीन पर्यटनमन्त्री शाही संघीयता कार्यान्वयनपछि मुख्यमन्त्री समेत भएका थिए ।