काठमाडौं । नेपालका लागि महिन्द्रा फोरह्विलरको आधिकारिक विक्रेता रहेको अग्नि ग्रुपको बालाजु अटो वर्कसले सर्भिस एन्ड पार्ट्स म्यानेजर मिट आयोजना गरेको छ । कम्पनीले हालै बालाजु अटो वर्कर्सका प्रबन्ध निर्देशक अर्जुनप्रसाद शर्मा र एमएन्डएम नेपालका लागि सर्भिस कन्ट्री म्यानेजर सोमनाथ धरलगायतको उपस्थितिमा धुलिखेलमा सो मिट आयोजना गरेको हो ।
सो कार्यक्रममा महिन्द्रा केयर फेस्ट २०२४ मा उत्कृष्ट प्रदर्शन गर्ने डिलरहरूलाई विभिन्न उपाधिले सम्मान समेत गरिएको थियो ।
कम्पनीका अनुसार बेस्ट फोटो अफ द केयर फेस्ट– अग्नि आस्था, इटहरी, बेस्ट कस्टमर इन्गेजमेन्ट– ओम श्री बाराही अटो वर्कस, हाइएस्त एम–ट्रयाक इनरोलमेन्ट– अग्नि आस्था, इटहरी, हाई पफर्मर– अग्नि आस्था, भैरहवा, हाई याचिबर– ठाकुर अटो केयर सेन्टर प्रालि ले जित्न सफल भएका थिए । साथै, म्यनाजर्स मिट २०२४ मा उत्कृष्ट प्रदर्शन गर्ने ओम श्री बाराहीबाट बेस्ट कस्टमर केयर एक्जिक्युटिव २०२४– बिनिता के.सी, सेन्ट्रल सर्भिस सेन्टरबाट बेस्ट सर्भिस म्यानेजर २०२४– सशी पजियर साथै एमके इंकार्पोरेटेड प्रालिबाट बेस्ट स्पेयर पार्ट्स म्यानेजर २०२४– राजेश लाघेलाई सम्मान गरिएको थियो ।