काठमाडौं । ग्लोबल मनी विक–२०२४ अन्तर्गत समृद्धि फाइनान्सको पोखरा शाखा, मधुवन शाखा, गैरशाखा र हेटौडा शाखाले वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । प्रोटेक्टयोर मनी, सेक्योर योर फ्युचर भन्ने मूल नाराका साथ पोखरा शाखाबाट गुरुङ महिला समूहका ४० जना महिलालाई, मधुवन शाखाबाट स्थानीय ८० जना किसान तथा युवाहरूलाई गैरशाखाबाट स्थानीय रैथाने विपन्न बडी समुदायका ३५ जना र हेटौंडा शाखाबाट २५ स्थानीय युवालार्ई वित्तीय साक्षरता दिइएको थियो । सबै शाखा क्षेत्रहरूमा रेमिट्यान्स मुख्य आय भएकाले वैदेशिक रोजगारीबाट प्राप्त रेमिट्यान्सलाई बचतमा परिणत गरी उज्वल भविष्य निर्माण गर्न मद्दत पुग्छ । साथै, अनावश्यक खर्चहरूलाई कटौती गरेर बचतको बानी बसाल्न सके भविष्यको जीवनयापन सहज बनाउन सकिने तथा विभिन्न डिजिटल बैंकिङ कारोबार तथा यसका अवसर र चुनौतीको विषमा प्रस्तुतीकरण गरिएको थियो ।
ग्लोबल मनी विक–२०२४ को अवसरमा फाइनान्सले आफ्ना सम्पूर्ण शाखाहरूबाट विभिन्न जनचेतनामूलक कार्यक्रमहरू गर्दै आएको र आगामी दिनमा पनि यस्तै कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ । फाइनान्सले हाल १३ वटा शाखामार्फत कारोबार गर्दै आएको छ भने आरटीजीएस, आईपीएस, कनेक्ट आईपीएस, रेमिट्यान्स, क्लियरिङलगायतका बैंकिङ र मोबाइल बैंकिङ, डेबिट कार्ड, क्युआर कोडजस्ता डिजिटल सुविधाहरू प्रदान गरिरहेको छ ।