काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले वित्तीय साक्षरता अभिवृद्धि गर्न धादिङ जिल्लाको विभिन्न स्थानहरूमा बैंकिङ साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । बैंकले धादिङको रोराङ्ग गाउँपालिका वडा नं ५ स्थित सुन्दरदीप महिला विकास बहुद्देश्य सहकारी संस्थामा आबद्ध महिलाहरूलाई र थाक्रे गाउँपालिका वडा नं १० स्थित ठूलोपोखरीका स्थानीयवासीलाई वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको थियो । उक्त कार्यक्रमहरूमा बैंकिङ कारोबार गर्दा ध्यान दिनुपर्ने विषयहरू, डिजिटल बैंकिङ प्रविधि र बैैंकिङ क्षेत्रका विविध आयामबारे जानकारी गराइएको थियो । यस अभियानबाट स्थानीय तहमा वित्तीय कारोबारबारे चेतना तथा पहुँच पु¥याउने उद्देश्य बैंकले लिएको छ ।
साथै, बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न बैंकको एटीएम कार्ड प्रयोग गरी नेपालभर रहेको भिसा नेटवर्कमा आबद्ध अन्य जुनसुकै बैंकको एटीएम मेसिनबाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।