काठमाडौं । धितोपत्र बजार तथा वस्तु विनिमय बजारसम्बन्धी देशव्यापीरूपमा शिक्षा तथा सचेतना अभिवृद्धि गरी लगानीकर्ता सशक्तीकरण गर्ने उद्देश्यले नेपाल धितोपत्र बोर्डले वित्तीय शिक्षा अभिवृद्धि गर्ने हेतुले स्थापित अन्तर्राष्ट्रिय संगठन द अर्गनाइजेसन फर इकोनोमिक को–अपरेसन एन्ड डेभलपमेन्ट (ओईसीडी) र इन्टरनेसनल नेटवर्क अन फाइनान्सियल एजुकेसन (आईएनईएफ) विश्व वित्तीय सप्ताह–२०२४ यही चैत पाँच गतेदेखि ११ गतेसम्म देशभर विभिन्न कार्यक्रम आयोजना गरी मनाइएको छ । सोही क्रममा आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेडले यही चैत्र ९ गते श्री नुवाकोट आदर्श बहुमुखी क्याम्पस, विदुर ४, बट्टारमा स्नातक तथा स्नातकोत्तर तहमा अध्यनरत विधार्थीहरू तथा शिक्षक/शिक्षिकाहरूका लागि वित्तीय शिक्षा अभिवृद्धिका लागि सचेतनामूलक कार्यक्रम आयोजना गरी सफलतापूर्वक सम्पन्न गरेको जानकारी दिएको छ ।
कम्पनीका अनुसार उक्त सचेतनामूलक कार्यक्रममा नुवाकोट आदर्श बहुमुखी क्याम्पसका अध्यक्ष श्रीराम श्रेष्ठ, क्याम्पस प्रमुख नारायण मान डंगोल तथा अध्यनरत विद्यार्थीहरू र शिक्षक÷शिक्षिकाहरूको उल्लेख्य उपस्थिति रहेको थियो । आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेडको तर्फबाट कम्पनीको प्रमुख कार्यकारी अधिकृत बद्रीप्रसाद प्याकुरेल, प्रबन्धक अजय घिमिरे र वरिष्ठ अधिकृत सिर्जना बाँस्कोटाले कार्यक्रम सञ्चालन गरेका थिए । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड विदुर शाखा प्रमुख रिमा श्रेष्ठ तथा शाखाका कर्मचारी सन्तोष बोगटीको समेत उपस्थिति रहेको थियो । साथै, छलफलमा उठेका प्रश्नहरूको जवाफ अजय घिमिरेले दिएका थिए ।
सो अवसरमा आयोजित कार्यक्रमले पुँजीबजारसम्बन्धी शिक्षा तथा सचेतना अभिवृद्धि गर्नेछ र सहभागीहरूले सेयर लगानीसम्बन्धी ज्ञान हासिल गरी लाभान्वित हुने विश्वास गरिएको छ । आरबीबी मर्चेन्ट बैकिङ लिमिटेड राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको शतप्रतिशत लगानीमा स्थापित संस्था हो ।