काठमाडौँ जेठ २७
सिभिल बैंकले चालू आर्थिक वर्षको पछिल्लो नौ महिनामा ३६ करोड पाँच लाख ३३ हजार तीन सय ६१ रूपैयाँ खुद मुनाफा कमाएको छ । गत आवको सोही अवधिमा बैंकले ४९ करोड ३८ लाख ९२ हजार चार सय ८० रूपैयाँ खुुद मुनाफा कमाएको थियो । हाल चुक्ता पुँजी आठ अर्ब ३३ लाख ८९ हजार छ सय ७४ रूपैयाँ रहेको बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा ४९ अर्ब ८४ करोड ९९ लाख ४७ हजार नौ सय ३३ रूपैयाँ निक्षेप संकलन गरी ५१ अर्ब एक करोड १६ लाख ५७ हजार पाँच सय ७४ रूपैयाँ कर्जा प्रवाह गरेको छ ।
सो अवधिमा एक अर्ब ७० करोड ८९ लाख ७९ हजार नौ सय ५५ रूपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा दुुई दशमलव ९६ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । बैंकले गत आवको सोही अवधिमा भने ४१ अर्ब ९९ करोड ३३ लाख एक हजार तीन सय १६ रूपैयाँ निक्षेप संकलन गरी ४२ अर्ब ५९ करोड ३६ लाख ८५ हजार रूपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा एक अर्ब ५७ करोड ३६ लाख ५० हजार रूपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा तीन दशमलव ९० प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।