काठमाडौं । भारतीय टाइल कम्पनी कजरिया टाइल्सले काठमाडौंमा आफ्नो पहिलो ‘अनुभव केन्द्र’को स्थापना गरी नेपाली बजारमा प्रवेश गरेको छ । कजरिया रमेश टाइल्स लिमिटेडका निर्देशक प्रतीक जलानले सो केन्द्रको शुभारम्भ गरेका थिए ।
कजारिया टाइल्सले अत्याधुनिक प्रविधि र दिगोपनप्रतिको प्रतिबद्धतासहित सटिक, स्थायित्व र सुन्दर ठूला टाइल स्ल्याबहरू उत्पादन गर्ने गरेको छ । यसबाहेक कजारिया टाइल्सले आफ्नो उत्पादन प्रक्रियाहरूमा पर्यावरण–मैत्री अभ्यासहरूलाई प्राथमिकता दिएको छ । कम्पनीले नेपालमा उच्च गुणस्तरको टाइल्स र सिरेमिक उत्पादनहरू उपलब्ध गराउने जनाएको छ । यस्तै, कम्पनीले नवलपरासीमा निर्माणधीन अवस्थामा रहेको आफ्नो कारखाना जुन २०२४ को अन्त्यसम्ममा पूर्णरूपमा सञ्चालन ल्याउने जनाएको छ ।