काठमाडौं । नेपाल टेलिकमले अदालतहरूमा विविध दूरसञ्चार सेवाहरू उपलब्ध गराउने भएको छ । यस सम्बन्धमा नेपाल टेलिकम र सर्वोच्च अदालतबीच सम्झौता भएको हो ।
सम्झौतापत्रमा नेपाल टेलिकमका प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल) र सर्वोच्च अदालतका सह–रजिष्ट्रार हरिराज कार्कीले हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार टेलिकमले सम्झौतापत्रमा तोकिएका विभिन्न उच्च अदालत तथा जिल्ला अदालतहरूमा डेडिकेटेड इन्टरनेट र डेडिकेटेड इन्ट्रानेट सेवाका साथै एफटीटीएच सेवा तथा एमएमएस अर्लट सेवा र पुल एसएमएस सेवा (सर्ट कोड) उपलब्ध गराउनेछ । हाल यो सेवा सम्पूर्ण उच्च अदालतहरू तथा उच्च अदालतअन्तर्गतका इजलासहरू र विभिन्न जिल्ला अदालतहरूमा उपलब्ध हुने टेलिकमले जनाएको छ ।