काठमाडौं । गत साता सुरुवाती कारोबार दिन देखि नैं लगातार ओरालो लागेको सेयर बजार परिसुचक नेप्से यो साता भने पहिलो कारोबार दिन नैं उकालो लागेको छ । आज आईतबार बजार परिसुचक २२ दशमलव ७५ अंकले उकालो लागेर दुई हजार २६ दशमलव ८१ बिन्दुमा चढेको छ । क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि तीन दशमलव ९६ अंकले उकालो लागेर तीन सय ५९ दशमलव ४० बिन्दुमा उक्लिएको छ ।
धितोपत्र बजारमा आज तीन सय ११ वटा कम्पनीहरुको ६४ हजार दुई सय ११ कित्ता सेयर खरिद बिक्री भएका छन् । जसबाट एक करोड १२ लाख १० हजार एक सय दुई कित्ता सेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम चार अर्ब २५ करोड ६६ लाख ७६ हजार तीन सय ३३ रुपैंयाँ पुग्न सफल भएको छ ।
धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको सेयर कारोबार भएका छन् । सो मध्ये होटल तथा पर्यटन र ट्रेडिङ उपसमुहको सुचक ओरालो लागेका छन् भने बाणिज्य बैंक, बिकास बैंक, फाईनान्स, जलबिद्युत, जीवन बीमा, निर्जीवन बीमा, लघुवित्त सहितका ११ वटा उपसमुहहरुको सुचक उकालो लागेका छन् ।