काठमाडौं । नेपाल एसबीआई बैंक र न्युरो कार्डियो एन्ड मल्टिस्पेसियालिटी हस्पिटल प्रालि (न्युरो अस्पताल) मोरङबीच सम्झौता भएको छ । नेपाल एसबीआई बैंकका सम्पूर्ण भिसा डेबिट कार्ट तथा मोबाइल बैंकिङ प्रयोगकर्ता ग्राहकहरूलाई लक्षित गरी उक्त अस्पतालनमा कार्ड तथा मोबाइल बैंकिङ प्रयोगबापत विभिन्न स्वास्थ्य सेवाहरूमा छुट दिने विषयमा उक्त सम्झौता भएको हो । उक्त सम्झौतामा बैंकका कोशी प्रदेश प्रमुख रवीन घिमिरे तथा अस्पतालका अपरेसन डाइरेक्टर राजेश भट्टराईले हस्ताक्षर गरेका हुन् ।