मोरङ । कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङसमक्ष मधेसी आयोगले आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन पेस गरेको छ ।
आयोगकी सदस्य रेनुदेवी साहले नेपालको संविधानको धारा २९४ एवं मधेसी आयोग ऐन, २०७४ को दफा २२ बमोजिम आयोगको पाँचौं वार्षिक प्रतिवेदन मंगलबार पेस गरिन् ।
प्रदेश प्रमुख खापुङले प्रतिवेदन बुझ्दै आयोगले पहिचान गरेका समस्या सबैको भएकाले यसको समाधान गर्नु हामी सबैको जिम्मेवारी रहेको बताए ।
प्रमुख खापुङले नेपालको संविधानको आधार समानुपातिक, समावेशी र समानता भएकाले त्यसभित्र रहेर देशका सम्पूर्ण जातजातिबीच एकतालाई बलियो बनाउनु आवश्यक्ता औँल्याउदै हरेक समुदायको समस्या समाधान गरी मुलुकलाई एकताबद्ध बनाउन लाग्नुपर्नेमा जोड दिए ।
आयोगकी सदस्य साहले प्रतिवेदन पेस गर्दै १६ जिल्लाका मधेसीको हकहित, धर्म, संस्कृति र न्यायको लागि आयोगले काम गरिरहेको बताउँदै आयोगमा परेका चार सय उजुरीमध्ये दाइजोसम्बन्धी धेरै रहेको जानकारी दिइन् ।