काठमाडौँ । सर्लाही, बागमती नगरपालिकाका प्रमुख भरतकुमार थापाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ । स्रोत नखुलेको गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको आरोपमा नगरप्रमुख थापालाई आयोगले मुद्दा दायर गरेको हो ।
अख्तियारका प्रवक्ता नरहरि घिमिरेले गैरकानुनी रूपमा प्रमुख थापाले पाँच करोड ३३ लाख ५३ हजार एक सय ७९ सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको दाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरिएको जानकारी दिए । थापाले कुल आय तथा लगानी र खर्चबिचको तादात्म्य नमिलेको पाँच करोड ३३ लाख ५३ हजार एक सय ७९ अवैध तरिकाले आम्दानी गरेको अख्तियारको दाबी छ ।