काठमाडौं । सर्वोत्तम सिमेन्टले वार्षिक साधारणसभाको आह्वान गरेको छ । कम्पनीले यही वैशाख १२ गते रुपन्देहीको होटल सिद्धार्थ भिलासामा वार्षिक साधारणसभा गर्न लागेको हो । वार्षिक साधारणसभामार्फत कम्पनीले आर्थिक वर्ष २०८०/८१ को वित्तीय विवरण पारित गर्नेलगायतका एजेन्डाहरूमाथि छलफल गरी प्रस्ताव पारित गर्ने तयारी गरेको छ ।