वासिङ्टन डिसी । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले संयुक्त राज्य अमेरिका, युरोप र अन्य देशहरुले नवप्रवर्तनलाई अगाडि बढाउन लिएका औद्योगिक नीति र पहलहरु प्रभावकारी नभएको चेतावनी दिएको छ । आईएमएफले बुधबार आगामी दिनहरुमा औद्योगिक नीतिले राम्रो काम गरेमा नवप्रवर्तनलाई अगाडि बढाउन र आर्थिक वृद्धिलाई बढवा दिन सकिने उल्लेख गरेको छ ।
आईएमएफले विगतमा लिइएका नीतिगत त्रुटिहरु, उच्च वित्तीय लागत र अन्य देशहरुमा देखिएको नकारात्मक वातावरणको प्रभावले नवप्रवर्तन उद्यममा असर पारेको बताएको छ ।
आईएमएफका वित्तीय मामिला विभागका उपनिर्देशक इरा डब्ला–नोरिसले विदेशी फर्महरुविरुद्ध भेदभाग गर्ने नीतिहरुले पनि बदला लिनसक्ने र भू–आर्थिक दरारहरु थप्नसक्ने चेतावनी दिएका छन् । उनले सहुलियत र कर छुटहरुमा सहुलियत दिने विषयमा सरकारहरुको ध्यान केन्द्रित हुँदा वित्तीय लागत बढेर जाने र स्रोतको गलत प्रयोग हुनसक्ने चिन्ता व्यक्त गरेका छन् ।