ओखलढुङ्गा । वर्षासँगै विहिबार साँझ परेको चट्याङले ओखलढुङ्गाको खिजीदेम्बा गाउँपालिकामा चट्याङ लागेर ३८ वर्षिय बमन बहादुर तामाङको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यलय ओखलढुङ्गााका सूचना अधिकारी बालिष्टार सिंहले घरमा बसिरहेको अवस्थामा अचानक चट्याङ लागेर तामाङको घटना स्थलमै ज्यान गएको बताए । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक सिंहले जानकारी दिए ।