काठमाडौं । रेसिङ अटोमोबाइल्सले नयाँ वर्ष विक्रम संम्बत २०८१ को अवसरमा ‘८१ मा एक्कासी’ उपहार योजना ल्याएको छ । उपहार योजनाअन्तर्गत रेसिङ अटोमोबाइल्सले गाडी खरिद गर्ने हरेक ग्राहकलाई अप्रत्यासितरूपमा एक्कासी आइपर्ने दुर्घटना, स्वास्थ्य समस्याजस्ता आकस्मिकरूपमा जोखिमको रक्षावरण गरिदिने भएको हो ।
जोखिम रक्षावरण योजनाअन्तर्गत पहिलो तीन महिना (वैशाख, जेठ र असार) महिनामा सो अटोमोबाइल्समार्फत नयाँ तथा पुराना जुनसुकै गाडी खरिद गर्ने ग्राहकहरूले पनि साल २०८१ भरि एक वर्ष लागू हुनेगरी बीमा सुविधा प्राप्त गर्नेछन् । जसमा दुर्घटना बीमाअन्तर्गत २५ लाख रुपैयाँसम्मको बीमा रेसिङ अटोमोबाइल्सले गरिदिने भएको छ । त्यसैगरी, औषधी उपचार बीमाबापत जुनसुकै रोग र उपचारका लागि एक लाख रुपैयाँ बीमा समेत रेसिङ अटोमोबाइल्सले गरिदिने भएको छ । यो उपहार योजना प्राप्त गर्ने हरेक ग्राहकलाई कुनै गम्भीर प्रकृतिका रोग लागेमा थप एक लाख रुपैयाँको बीमा सुविधा समेत पाउने कम्पनीले जनाएको छ ।
उपहार योजना विशेष ग्राहकले थप अर्को वर्ष समेतका लागि प्राप्त गर्न सक्ने कम्पनीका अध्यक्ष रुद्र ढुङ्गेलले बताए । उनका अनुसार पहिलो तीन महिनामा कारोबार गर्ने कुनै ग्राहकले यो सालभर थप कारोबार गरेमा वा त्यस्ता ग्राहकको सिफारिसमा कुनै नयाँ कारोबार भएमा त्यस्ता ग्राहकको हकमा अर्को साल २०८२ को लागि पनि यस्तो जोखिम रक्षावरण (बीमा सुविधा) प्राप्त हुनेछ । आफ्ना ग्राहकको स्वास्थ्य र सुरक्षामा आफूहरूको चासो रहेकाले यो योजना तीन महिनाको लामो समयका ग्राहकको लागि उपलब्ध गराइएको उनको दाबी छ ।
सबै प्रकारका नयाँ तथा पुराना गाडीहरूको बिक्री वितरण गर्दै आएको रेसिङ अटोमोबाइल्स कलंकी भाटभटेनीदेखि दुई सय मिटर पूर्वतर्फ रेसिङ बजारमा रहेको छ । रेसिङ अटोमोबाइल्सले सुलभ मूल्यमा ग्राहकको रोजाइअनुसारका सबै प्रकारका नयाँ तथा पुराना गाडीहरू उपलब्ध गराएर गाडीका पारखी र आम ग्राहकबीच लोकप्रियता हासिल गरेको छ ।