काठमाडौं,अर्थमन्त्री वर्षमान पुन अमेरिका प्रस्थान गरेका छन् । उनी विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको संयुक्त बसन्तकालीन बैठकमा सहभागी हुन अमेरिका गएका हुन । चार सदस्यी प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मन्त्री आज बिहान २ बजे कतार एयरबेजको जहाजबाट वासिङटन डिसीका लागि उडेका हुन् ।