काठमाडौं । नयाँ वर्ष २०८१ अवसरमा महालक्ष्मी विकास बैंकले सेयर किनबेच गर्ने सेयर लगानीकर्ताहरूलाई सबै सुविधा एकै खातामार्फत प्रदान गर्ने उद्देश्यका साथ महालक्ष्मी इन्भेस्टर्स सेयर सेभिङ खाता (अल इन वान) सञ्चालनमा ल्याएको छ ।
यस खाताअन्तर्गत बचतकर्ताले बचत खाता, डिम्याट खाता, मेरो सेयर, सि–आस्वा तथा टीएमएस खाताको सुविधा एकै खातामार्फत लिन सक्नेछन् । शून्य मौज्दातमै खोल्न सकिने यस खातामा डिम्याट खाता तथा टीएमएस खाता निःशुल्क खोल्नुका साथै मेरो सेयर तथा सि–आस्वा दर्ता गर्न पनि शुल्क लाग्ने छैन । टीएमएस खाताको लागि विभिन्न स्टक ब्रोकर कम्पनीहरूसँग आवश्यक सहकार्य समेत बैंक स्वयंले नै गर्नेछ । यसबाट सेयर लगानीकर्ताहरूको स्टक ब्रोकर कम्पनीहरूसँगको पहुँचमा वृद्धि हुनुका साथै समयको बचत हुने विश्वास बैंकले लिएको छ ।
‘सबल बैंक, सफल सहकार्य’को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत २९ वर्षदेखि अनवरतरूपले गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको यस बैंकको देशभर एक सय तीन वटा शाखा कार्यालयहरू र करिब सात लाख ग्राहकहरू रहेका छन् । साथै, मिति २०८० पुस २८ मा सम्पन्न बैंकको २२औं वार्षिक साधारणसभाबाट विदेशी बैंक वा वित्तीय संस्थालाई रणनीतिक साझेदारको रूपमा ल्याउन प्रस्ताव समेत पारित भएको छ ।