काठमाडौं । सूर्य ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले वार्षिक साधारणसभाको आह्वान गरेको छ । कम्पनीले यही वैशाख २१ गते विराटनगरस्थित होटल हैरिसन प्यालेसमा आफ्नो १६ औं वार्षिक साधारणसभा गर्न लागेको हो ।
वार्षिक साधारणसभामार्फत कम्पनीले हाल कायम रहेको चुक्ता पुँजी चार अर्ब ५४ करोड ५५ लाख ७२ हजार एक सय रुपैयाँको २७ दशमलव ७४ प्रतिशतका दरले हुन आउने एक अर्ब १२ करोड ४५ लाख ७४ हजार पाँच सय ३७ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने तयारी गरेको छ । यसबाहेक कम्पनीले हाल कायम रहेको चुक्ता पुँजीको १० दशमलव २६ प्रतिशतका दरले हुन आउने ४६ करोड ६३ लाख ७५ हजार छ सय ९७ रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने समेतको प्रस्ताव पारित गर्ने तयारी गरेको छ । बोनस सेयर वितरणपश्चात कम्पनीको चुक्ता पुँजी पाँच अर्ब एक करोड १९ लाख ४७ हजार सात सय ९७ रुपैयाँ पुग्नेछ । वार्षिक साधारणसभासम्बन्धी प्रयोजनका लागि कम्पनीको यही वैशाख सात गते एक दिनको लागि सेयर दर्ता किताब बन्द हुनेछ ।