काठमाडौं, जेठ २८
स्टान्डर्ड चार्टर्ड बैंकले चालू आर्थिक वर्षको पछिल्लो नौ महिनामा एक अर्ब ८० करोड २५ लाख ९५ हजार रूपैयाँ खुद मुनाफा कमाएको छ । गत आवको सोही अवधिमा बैंकले एक अर्ब ७३ करोड ४४ लाख ७७ हजार रूपैयाँ खुुद मुनाफा कमाएको थियो । चुक्ता पुँजी आठ अर्ब एक करोड १४ लाख ३१ हजार रूपैयाँ रहेको बैंकले चालू आवको तेस्रो त्रैमासिक अवधिमा ८८ अर्ब ५१ करोड ४३ लाख आठ हजार रूपैयाँ निक्षेप संकलन गरी ५८ अर्ब ५१ करोड ४२ लाख आठ हजार रूपैयाँ कर्जा प्रवाह गरेको छ ।
सो अवधिमा दुुई अर्ब ७९ करोड ४७ लाख ७१ हजार रूपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा शून्य दशमलव २२ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । बैंकले गत आवको सोही अवधिमा ७५ अर्ब ७३ करोड १५ लाख २७ हजार रूपैयाँ निक्षेप संंकलन गरी ५३ अर्ब नौ करोड २१ लाख १७ हजार रूपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा दुुई अर्ब ५५ करोड ६० लाख २७ हजार रूपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा शून्य दशमलव २० प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।