काठमाडौं, जेठ २८
सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्थाको खुद मुनाफामा सुधार देखिएको छ । संस्थाले चालू आर्थिक वर्षको पछिल्लो नौ महिनामा ६६ लाख २८ हजार रूपैयाँ खुद मुनाफा कमाएको छ । गत आवको सोही अवधिमा भने संस्थाले २० लाख ७० हजार रूपैयाँ खुुद मुनाफा कमाएको थियो । चुक्ता पुँजी छ करोड रूपैयाँ रहेको संस्थाले पछिल्लो अवधिमा ६३ करोड ४० लाख ८४ हजार रूपैयाँ निक्षेप संकलन गरी ८६ करोड ३३ लाख नौ हजार रूपैयाँ कर्जा प्रवाह गरेको छ ।
यसअवधिमा तीन करोड १९ लाख १९ हजार रूपैयाँ खुुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम १६ लाख ९३ हजार रूपैयाँ रहेको छ भने निष्क्रिय कर्जाको अनुपात एक दशमलव ६७ प्रतिशत रहेको छ । संस्थाले गत आवको सोही अवधिमा भने ३९ करोड ६४ लाख ८० हजार रूपैयाँ निक्षेप संकलन गरी ५४ करोड १७ लाख १८ हजार रूपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा दुुई करोड १८ लाख ९१ हजार रूपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम ३० लाख ९७ हजार रूपैयाँ रहेको थियो भने निष्क्रिय कर्जाको अनुपात दुुई दशमलव ८६ प्रतिशत रहेको थियो ।