काठमाडौं, जेठ २८ स्रोत नखुलेको आठ लाख रूपैयाँसहित एक व्यक्ति पक्राउ परेका छन् । प्रहरीले गौर नगरपालिका ४ टिकुलिया बकैया नदीको बाँधनेर स्रोत नखुलेको नेपाली आठ लाख रूपैयाँ र मोबाइल दुुई थानसहित इशनाथ नगरपालिका ४ महुलिया मठिया टोल बस्ने २० वर्षीय धर्मेन्द्र साहलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको हो । २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरधामबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ साइकलमा आउँदै गरेको साहलाई जाँच गर्ने क्रममा उनको साथबाट उक्त नगद फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।