काठमाडौं । डिजिटल बैंकिङ्गलाई उच्च प्राथमिकतामा राख्दै आएको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो १७ औं वार्षिकोत्सवको उपलक्ष्यमा आकर्षक योजनाहरु सार्वजनिक गरेको छ ।
वैशाख ७ गतेको वार्षिकोत्सवलाई ध्यानमा राखेर बैंकले यहि वैशाख १ गते देखि वैशाख ३१ गते सम्म एक महिनाको लागि लागू हुने गरि विभिन्न सेवा सुविधामा भारी छुट, क्यासब्यक, लगायतका योजनाहरु सार्बजनिक गरेको हो । सो योजना अन्तर्गत डेविट/क्रेडिट कार्ड प्रयोगकर्ताहरुले पस मेसिन र अनलाईन मार्फत एक हजार रुपैंयाँ वा सो भन्दा बढीको कारोबार गर्दा १७ प्रतिशत वा बढिमा एक सय ७० रुपैंयाँ क्यासब्याक दिइने छ । यसैगरी सिटिजन्स स्मार्ट मार्फत क्यु आर कोड स्क्यान गरि भुक्तानी गर्ने ग्राहकहरुको लागि पनि पाँच सय रुपैंयाँ वा बढीको कारोबार गर्दा १७ प्रतिशत वा बढीमा एक सय ७० रुपैंयाँ क्यास ब्याक प्रदान गरिने बैंकले जनाएको छ ।