नारायणगढ (चितवन) । केबलकार टावरमा सामान्य मर्मत गर्नुपर्ने भएकाले भोलि शुक्रबार एक दिनका लागि मनकामना केबलकार बन्द हुने भएको छ । यही वैशाख ७ गते शुक्रबारका दिन केबलकारको सेवा बन्द गर्न लागिएको मनकामना दर्शन प्रालिले जनाएको छ । शनिबारदेखि सेवा नियमित सञ्चालनमा आउने प्रालिका नायब महाप्रबन्धक उज्ज्वल शेरचनले जानकारी दिए ।