काठमाडौं । मन्त्रिपरिषद्को सिफारिसका आधारमा बिहीबार राष्ट्रपति रामचन्द्र पौडेलद्वारा राष्ट्रिय सभा सदस्यमा डा. अन्जान शाक्य मनोनीत भएकी छिन् ।

एमाले विदेश विभाग सदस्य इजरायलका लागि पूर्वनेपाली राजदूतसमेत रहेकी शाक्यलाई ३० चैतमा बसेको मन्त्रिपरिषद्को बैठकले मनोनीतका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो । राष्ट्रपतिले ५९ सदस्यीय राष्ट्रिय सभामा ३ जना मन्त्रिपरिषद्को सिफारिसका आधारमा मनोनीत गर्ने व्यवस्था छ ।