दोलखा,सिन्धुपाल्चोकको तौथली नजिकै दोलखाको जन्ती बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ् भने,५४ जना घाइते भएका छन्। दुर्घटनामा परी मृत्यु हुने तिनै जना भिमेश्वर नगरपालिका-१ सुष्पा क्षमावतीका रहेका छन् । बस दुर्घटनामा ३ जनाको घटनास्थलमै मृत्यु भएको थियो । ज्यान गुमाउनेमा भीमेश्वर नगरपालिका–१ का मानबहादुर थामी, दिपेन्द्र थामी र शिव श्रेष्ठ रहेका छन् ।
एक जना बसले च्यापिएको अवस्थामा रहेका छन् । दुर्घटनामा बेहुलासहित ५४ जना घाईते भएका थिए । घाइते मध्ये शरीरका विभिन्न अंगमा गहिरो चोटपटक लागेका २७ जना गम्भीर घाईतेहरुको सिन्धु सदावहार अस्पताल खाडीचौरमा उपचार भईरहेको छ । घाइतेको अवस्था बुझ्न अस्पताल पुगेका कांग्रेस दोलखा नेता सुबास लामाले बताए।२७ जना गम्भीर घाइते मध्ये पनि ८ जनाको शरीरका हातखुट्टा र टाउकोमा गहिरो चोट लागेको हुँदा उनिहरुलाई थप उपचारको लागि काठमाडौ लैजाने तयारी रहेकोे लामाले बताए।
उक्त बस भीमेश्वर नगरपालिका–१ सुष्पाक्षमावतीबाट सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी–४, पिस्करमा दुलही लिन हिडेको बा ४ ख ५६१६ नम्बरको रोल्वालिङ यातायातको बस सिन्धुपाल्चोक, त्रिपुरासुन्दरी–५ स्थित तौथलीनजिकै आज बिहान साढे सात बजे दुर्घटना भएको थियो । अहिले भिमेश्वर नगरपालिकाका नगर प्रमुख इश्वरनारायण मानन्धर पनि घाइतेको अवस्था बुझ्न् सिन्धु सदावहार अस्पताल सिन्धुपाल्चोक पुगेका छन्।