काठमाडौं । नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडले दुई लाख ५५ हजार सात सय ४१ कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकका अनुसार लिलाम बढाबढको माध्यमद्वारा उक्त परिमाणको सेयर बिक्री गर्न लागिएको हो ।
बैंकले यसअघि पनि हालका संस्थापक सेयरधनीलाई नै सो सेयर बिक्रीका लागि प्रस्ताव गरेको थियो । तर बैंकको उक्त प्रस्तावअनुसार विद्यमान संस्थापकले सेयर नकिनेपछि उक्त संस्थापक सेयर अन्य सर्वसाधारण तथा संस्थाहरूका लागि लिलामी बिक्रीमा ल्याइएको बैंकले जानकारी दिएको छ । बैंकका अनुसार संस्थापक सेयर खरिद गर्न चाहनेले सात दिनभित्र सेयर शाखा लाजिम्पाटमा निवेदन दिन बैंकले आग्रह गरेको छ ।