काठमाडौँ । वैशाखस् स्थानीय बजारमा सुनको मूल्य उकालो लागेको छ । छापावाला सुन प्रतितोला सात सयले बढेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो बिहीबार सुनको मुल्य प्रतितोला एक लाख ३८ हजार छ सय थियो भने आज शुक्रबार एक लाख ३९ हजार तीन सय मूल्य निर्धारण भएको छ । यस्तै बिहीबार तेजाबी सुन तोलामा एक लाख ३७ हजार नौ सय ५० मा कारोबार हुँदा शुक्रबारका लागि भने एक लाख ३८ हजार छ सय ५० पुगेको छ ।