बैतडी । बैतडीको पाटनमा आयोजित कार्यकर्ता भेटघाट तथा अन्तर्क्रिया कार्यक्रममा नेपाली कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठोरले कांग्रेस देश र जनताप्रति उत्तरदायी भएर काम गर्ने पार्टी रहेको बताएका छन् । उनले कांग्रेसले देश र जनताका लागि राजनीति गरेको बताए ।
कांग्रेस सबै जात, धर्म र वर्गको पार्टी भएका उल्लेख गर्दै सहमहामन्त्री राठोरले जनतालाई अधिकार सम्पन्न बनाउन, दासप्रथा अन्त्य गर्न, रैतीबाट नागरिक बनाउन कांग्रेस खुलेर राजनीतिमा आएको बताए । उनले कांग्रेस बिपी कोइरालाको विचार बोकेको पार्टी भएकाले पार्टीभित्र रहेका कमीकमजोरी सुधार गर्दै एकढिक्का भएर लाग्नुपर्नेमा जोड दिए ।