काठमाडौ । कतारका अमिर शेख तमिम बिन हमाद अल थानीले राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा यही वैशाख ११ र १२ गते नेपालको राजकीय भ्रमण गर्ने भएका छन् ।
भ्रमणका अवसरमा अल थानीले राष्ट्रपति पौडेलसँग शितल निवासमा भेटवार्ता गर्ने परराष्ट्र मन्त्रालयले जानाएको छ । त्यस्तै उनको सम्मानमा राष्ट्रपति पौडेलले राजकीय भोजको आयोजना गर्ने कार्यक्र रहेको छ ।
वैशाख १२ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग कतारका अमिर शेख थानीले द्विपक्षीय वार्ता गर्ने मन्त्रालयले जनाएको छ । वार्तापछि, दुवै नेताहरूले द्विपक्षीय सम्झौता र समझदारी पत्रमा हस्ताक्षर गर्ने जनाइएको छ ।