काठमाडौं, जेठ २९
हेल्पीङ ह्यान्डस अस्पतालका अध्यक्ष समेत रहेका नेपाल मेडिकल काउन्सिलका रजिष्टार डाक्टर कृष्ण अधिकारीले आफु नियुक्तभएको बेला देखीमासिक एक लाख तल बलिनेगरी निर्णय गरेका छन् । सरकारले हालै सार्वजनिक गरेको बजेटमार्फत अतिरिक्त भत्ता खारेज गरेको छ । यो घोषणा सार्वजनिक भएलगत्तै हतार हतारमा मेडिकल काउन्सिलको बैठक डाकेर डा. अधिकारीले यस्तो निर्णय गराएका हुन् । काउन्सिलको गत जेठ २० गते बसेको दोस्रो पुर्ण बैठकबाट उनले उक्त निर्णय गराएको बताइएको छ ।
०७६ पुस ९ गतेको मन्त्रिपरिषद् बैठकले अधिकारीलाई मेडिकल काउन्सिलको रजिष्ट्रार पदमा नियुक्ति गरेको थियो । डा. अधिकारीलाई सरकारले रजिष्ट्रार पदमा छ महिना अगाडि नियुक्ति गरेदेखि नै बैठक भत्ता दिँदै आएको छ । तर काउन्सिलको २० गतेको बैठकले अब उनलाई भत्ता नदिएर मासिक एक लाख रुपैयाँ तलब दिने गरी निर्णय तयार पारेर बोर्ड सदस्यहरुलाई माइन्युटमा हस्ताक्षर गराएका छन् ।
उनको यो हर्कतविरुद्ध केही बोर्ड सदस्यहरुले निर्णय र हस्ताक्षरविरुद्ध नोट अफ डिसेन्ट लेखेका छन् । रजिष्टार डा. अधिकारीको बोर्डमा आफू निकट समर्थहरुको बहुमत रहेको बुझिएको छ । आफूअनुकूलको निर्णयविरुद्ध असहमति राख्ने पक्षलाई उनले पेलेरै जान खोजेका छन् ।
स्मरणीय कुरा के छ भने रजिष्ट्रार अधिकारीले गत पुस महिनादेखि नै नियमित रुपमा काउन्सिलबाट भत्ता बुझ्दै आएका छन् । फेरि अहिले पुस महिनादेखिकै तलब लिने गरी निर्णय गराएर दोहोरो सेवा सुविधा लिनलागेको बताइएको छ । तर मेडिकल काउन्सिलमा यसरी दिनदहाडै ठाडो अनियमितता हुँदा पनि त्यसलाई रोक्न राज्यको कुनै निकायको ध्यान जानसकेको छैन र सम्बन्धित निकायले चासो पनि लिएको पाइँदैन ।