काठडौं,नेपाली कांग्रेसका प्रतिनिधि सभा सांसद तथा नेता टेक बहादुर गुरुङको निलम्बन फुकुवा भएको छ । गुरुङले निलम्बन फुकुवा गर्न गरेको रिटमा सर्वोच्चले उनको पक्षमा फैसला गरेको हो ।
सांसद गुरुङले अब प्रतिनिधि सभा सुरु भएदेखि अहिलेसम्मको सवा सुविधा पाउनेछन् । उनले बैठक र यातायात भत्ताबाहेक अन्य सो सुविधा पाइनेछन् ।
काठमाडौंमा घर भएका खण्डमा सांसले मासिक ८१ हजार ७० रुपैयाँ र घन नभएका खण्डमा मासिक ९० हजार ७० रुपैयाँ सेवा सुविधा पाउँछन् ।
विशेष अदालतले २०७९ फागुन १६ गते गुरूङसहित ९ जनालाई काठमाडौंको भृकुटीमण्डपस्थित फनपार्क सञ्चालनमा भाडादर सस्तो गरी भ्रष्टाचार गरेको भन्दै दोषी ठहर गरेको थियो।