काठमाडौं, स्वालम्बन लघुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा ११ करोड ८६ लाख २० हजार छ सय २९ रुपैयाँ खुद मुनाफा कमाएको छ । गत आवको सोही अवधिमा भने संस्थाले १२ करोड दुई लाख ४४ हजार सात सय ८९ रुपैयाँ खुद मुनाफा कमाएको थियो ।हाल चुक्ता पुँजी एक अर्ब ४५ करोड रुपैयाँ रहेको संस्थाले चालू आवको तेस्रो त्रैमासमा १३ अर्ब ७१ करोड २९ लाख ८९ हजार आठ सय २४ रुपैयाँ निक्षेप संकलन गरी १९ अर्ब १८ करोड १० लाख चार हजार सात सय ७४ रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा एक अर्ब दुई करोड २७ लाख ६३ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा १० दशमलव ६८ प्रतिशत कर्जा निष्क्रिय रहेको छ ।
वितरणयोग्य नाफा भने १५ करोड ५७ लाख १८ हजार नौ सय ८५ रुपैयाँ रहेको संस्थाको स्प्रेडदर भने छ दशमलव ३७ प्रतिशत रहेको छ ।गत आवको सोही अवधिमा भने संस्थाले १२ अर्ब ८० करोड ५७ लाख ७१ हजार नौ सय ९७ रुपैयाँ निक्षेप संकलन गरी १८ अर्ब २९ करोड ३५ लाख ५८ हजार दुई सय १९ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा एक अर्ब चार करोड ६५ लाख ३५ हजार एक सय २९ रुपैयाँ कर्जा प्रवाह गरेको संस्थामा १२ दशमलव ९८ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेडदर पाँच दशमलव शून्य दुई प्रतिशत रहेको थियो ।